नियम १०
नबीकरणको लागि निवेदन दिनुपर्ने
(१) परिषद्मा; दर्ता भएका राष्ट्रिय खेल सङ्घ वा महासङ्घले ऐनको दफा २६ को उपदफा (९) बमोजिमको दर्ताको मान्य अवधि समाप्त हुनुभन्दा कम्तीमा पन्ध्र दिन अगावै देहाय बमोजिमका कागजात संलग्न गरी प्रत्येक वर्ष नवीकरणको लागि परिषद्मा निवेदन दिनु पर्नेछ:-
(क) परिषद्मा दर्ता भएको प्रमाण पत्रको दर्ता नम्बर र मिति,
(ख) पछिल्लो वर्षको वार्षिक प्रतिवेदन,
(ग) खेल सङ्घको विधान,
(घ) भावी कार्ययोजना,
(ङ) कार्यसमितिको आवधिक निर्वाचन भएको मिति,
(च) कार्यसमितिका बहालवाला पदाधिकारीहरूको नामावली,
(छ) अघिल्लो आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन,
(ज) खेल सङ्घको स्थायी लेखा नम्बरको प्रमाणको प्रतिलिपि।
(२) उपनियम (१) बमोजिम प्राप्त निवेदन उपर परिषद्ले जाँचबुझ गरी अनुसूची-१ बमोजिमको नवीकरण दस्तुर लिई त्यस्तो खेल सङ्घ वा महासङ्घ नवीकरण गरिदिनेछ।